काठमाण्डू– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृृति पार्टीका सांसदले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले बैठकको कारबाही सुरु गर्नासाथ राईसहित श्रम संस्कृति पार्टीका सांसद प्लेकार्ड देखाए । उनीहरुले पालैपालो सरकारविरोधी नारा लगाए । संसदीय सर्वोच्चता कायम गर, सरकार संसदप्रति जवाफदेही बन्नैपर्छ । विधिको शासन लागू गर, प्रतिपक्षको आवाज…