काठमाण्डु - संसद्मा सत्तापक्षका एक सांसदले सरकारप्रति नै प्रश्न उठाएका छन् । बजेटका प्राथमिकतामाथिको महत्त्वपूर्ण छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि रास्वपाका सांसद अमरेश सिंहले संसद्मा आक्रोश व्यक्त गरेका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नयाँ र परम्परा तोड्ने नाममा स्थापित संसदीय प्रणाली र संसद्को स्थापित सिस्टम नै भत्काउन खोजिएको भन्दै आपत्ति जनाए ।…