असन्तुष्टलाई थापाको आह्वान : मागेको जुनसुकै पद दिन्छु, सँगै लिएर काम गर्न चाहन्छु

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र असन्तुष्ट पक्षलाई मागेको जुनसुकै पद दिएर सँगै लिएर काम गर्न चाहेको जानकारी दिएका छन् । आईतबार काठमाण्डुमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रहेको बताए । ‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका नेताहरूको जो अहिले हुनुहुन्न, केन्द्रीय समितिभित्र म…