यो संविधानको धारा भएको देश, पानीको धारा नभएको देशः हर्क साम्पाङ

काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज साम्पाङ राईले सरकारलाई उत्तरदायी बनाउने प्रयास स्वरुप आफूहरुले संसदमा प्लेकार्ड प्रदर्शन गरेको प्रष्टीकरण दिएका छन् । सोमबार विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे प्रतिनिधिसभामा बोल्दै उनले सरकार सार्वभौम हो कि संसद् सार्वभौम भन्ने प्रश्न गरे । श्रम संस्कृतिका सांसद् सोमबार बैठकमा प्लेकार्डसहित संसद् बैठकमा सहभागी भएका थिए ।…