ओलीले भेटेकै दिन प्रधानमन्त्री देउवाको राष्ट्रपतिसंग भेटवार्ता

काठमाण्डु -राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सपथ ग्रहणपछि देउवाको शुक्रवार शितलनिवासमा राष्ट्रपति भण्डारीसंग पहिलो भेट भएको हो । राष्ट्रपति भण्डारीविरुद्ध पांच दलिय गठवन्धनले महाअभियोग लगाउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवाको भण्डारीसंग भेट भएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट भएको जानकारी दिए…