काठमाण्डु – नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति परिवर्तन नगर्ने गरी कार्यतालिका हेरफेर गर्ने भएको छ । शुक्रबार बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको छ…