संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं – सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कानुन मन्त्री शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी हुन् । सरकारले नेपालको नयाँ नक्सा जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको थियो भने भूमी व्यवस्था मन्त्रालयले जेठ ७ गते नयाँ नक्सा आधिकारिक रुपमा सार्वजनिक गरेको थियो…