काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेपाल ल क्याम्पसका सहप्राध्यपक गणेशदत्त भट्टलाई नियुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नियुक्त गर्ने सहमति भएको हो । शुक्रबार नेताहरूको बैठकले भट्टको नाम टुंगो लगाएपछि सिफारिस समितिको बैठक बसेको थियो ।…