काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै मन्त्री हट्ने खुलासा गरेका छन् । बिहीवार कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले सबै मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्ने दाबी गरेका हुन् । ‘मन्त्रिमण्डल पुनर्गठन गर्ने बेला आयो भनेर प्रधानमन्त्रीले महसूस गर्नुभएजस्तो लाग्छ । कसैलाई हटाउने भन्ने…