जब साँखुबासीले माधव नेपालको बाटो छेके…

काठमाडौं – सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन् । शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुगेका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन् । साँखु क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले…