राजनीतिक द्वन्द्व हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढिरहेका छौं : मन्त्री पाण्डे

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढिसकेको बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले नेपालमा केही नबिग्रिएको भन्दै राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढेको बताए । उनले भने, ‘नेपालमा केही बिग्रिएको छैन, हाम्रो देश ढलेको छैन, जुरुक्कै…