काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबिच नेपाल प्रहरीको रणनीतिक योजना २०८३–०८५ सार्वजनिक भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्नुका साथै प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरी केसीद्वारा लिखित ‘मिसन’ नामक पुस्तक विमोचन समेत गरे…