काठमाण्डू– विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ने उपस्थित नभएपछि प्रतिनिभिसभा बैठक स्थगित भएको छ । बोल्न रोष्ट्रममा उभिएका एमाले सांसद राजेन्द्रकुमार राईले संसदमा अर्थमन्त्रीको खोजी गरे । उनले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका अर्थमन्त्रीको अनुपस्थितिमा छलफल अगाडि बढाइनुको औचित्य नभएको अडान राखे । उनले कहिले प्रधानमन्त्री बालेन्द्र शाह नआउने र…