काठमाण्डु - नेपाली कांग्रेसले बोलाएको कार्यसमितिको आकस्मिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरी सकिएको हो । कांग्रेस नेता पनि रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहालको उपचारका क्रममा गएराति वीर अस्पतालमा निधन भएको थियो । विशेष महाधिवेशनको अन्तिम समयमा बसेको…