काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले ऐतिहासिक हीरक जयन्तीको अवसरमा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाण्डुको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो । शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष एवं चेम्बरका पूूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश…