प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

बुटवल– एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनी एमाले, माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। प्रदेश प्रमुख उमाकान्त झाले बुधबार पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त गरे। पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले…