सगरमाथादेखि संसारसम्मको जलवायु यात्रा प्रस्तुत गर्दै तीन दिने ‘सगरमाथा संवाद २०२५’ मई १८ मा २५ बुँदे आह्वान पत्र घोषणा गर्दै सम्पन्न भएको छ । सगरमाथा संवादले विश्वभरका नेता, जलवायु विज्ञ, अभियन्ता, अन्वेशष, जिज्ञासु तथा नागरिक समाजका प्रतिनिधिहरूलाई हिमाली पारिस्थितिकीय प्रणालीहरूमा देखिएका चुनौतीहरूबारे छलफल गर्न एउटै मञ्चमा ल्याउन सफल भयो । नेपालको गौरवशाली सगरमाथाको नामबाट प्रेरित…