काठमाण्डु – लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ उच्च जोखिममा परेको छ । बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कालयले जनाएको छ । ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् । स्थानीयवासीले हिमताल फुटेर…