काठमाण्डु – नेकपा एमालले हरेक वर्ष ३ जेठमा पूर्वमहासचिव मदनकुमार भण्डारी र जीवराज–आश्रितलाई सम्झन्छ । नेताद्वयको तस्वीरमा फूलमाला चढाइन्छ । जनताको बहुदलीय जनवाद (जबज) मार्फत कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणमा मदन भण्डारीले दिएको योगदानको चर्चा हुन्छ । आइतबार पनि त्यस्तै गरियो । एमालेको तत्कालीन मुख्यालय रहेको मदन नगर बल्खुमा ३३औं स्मृति दिवस कार्यक्रम गरियो, नियमित कर्मकाण्डको रूपमा…