५ सय कर तिर्न एक हजार पेट्रोल खर्चेर जानुपर्ने अवस्था छः हर्क राई

काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज साम्पाङ राईले ५ सय रुपैयाँको कर तिर्न जाँदा एक हजारको पेट्रोल खर्च हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले करदातालाई सहज रुपमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । सम्बन्धित पालिकाबाटै कर तिर्ने प्रणाली विकास गर्न राईले सुझाए ।…