कास्की- आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए । पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन् । प्रहरी उपरीक्षक कार्कीका…