गेटाको विश्वविद्यालय ऐन १ महिनापछि प्रारम्भ हुने, पदाधिकारीको नियुक्ति कहिलेसम्म ?

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ प्रमाणीकरण भएपछि ऐनको प्रावधानअनुसार पदाधिकारीहरू उपकुलपति र रजिष्ट्रार नियुक्तिमा बढीमा ७ महिना लाग्नसक्ने भएको छ । ऐनको दफा (२) मा ऐन प्रमाणीकरण भएको मितिले एकतिसौं दिनदेखि प्रारम्भ हुने भनिएको छ । अर्थात् ऐन बुधबार प्रमाणीकरण भए पनि अबको १ महिनापछि अर्थात्…