बानेश्वरबाट ४ कराेड बराबरकाे कोकिनसहित २ जना पक्राउ

काठमाण्डु–एक किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। सोमबार काठमाडौं महानगरपालिका- १० नयाँ बानेश्वरस्थित एक होटलबाट ५८ वर्षीय तान्जानियन नागरिक जुमा अब्दुल्ला एमजीलाई पक्राउ गरेको हो। उनको शरीर र कोठामा तलासी लिँदा प्रहरीले नाइक लेखिएको झोलाभित्रबाट ८० वटा क्याप्सुलहरू बरामद गरेको हो। उक्त क्याप्सुलमा एक किलो १०४ ग्राम कोकिन रहेको खुलेको…