काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई छुटाउन सरकारका मन्त्रीदेखि न्यायाधीश र विदेशी दूतसम्म सक्रिय भएका छन् । चौधरी ग्रूपसँगको व्यक्तिगत सम्बन्धका आधारमा आरोपी चौधरीलाई छुटाउन सबैले भनसुन गरिरहेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरदेखि सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक…