करीब १३८ किलो गाँजा बरामद

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट करीब १३८ किलो गाँजा बरामद गरेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अवैध लागूऔषध गाँजा करीब १२० किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ३ वटा बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा गाँजा फेला पारी…