ललितपुर – प्रहरीले अपहरणमा परेका एक बालकको साढे २ घण्टामा सकुशल उद्धार गरेको छ । सोमबार साँझ ललितपुरको इमाडोलबाट अपहरणमा परेका अनोख शाहको साढे २ घण्टापछि सकुशल उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले हरिसिद्धिबाट बालकको उद्धार गरेको हो । महानगरीय प्रहरी ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बालकको अपहरणमा संलग्न तीन जनालाई…