काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु…