काठमाडौं – सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ । उनीहरुबीच सामाजिक सञ्जालमा चिनजान भएको थियो । जागिरको प्रलोभन देखाएर सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन् । पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वृत्तका प्रमुख उमेश लम्सालका अनुसार…