असई थमन विक हत्या प्रकरण : अदालतमा हाजिर भए प्रदेश २ का राज्यमन्त्री

जनकपुर - सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् । मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए ।  उपचारका लागि जनकपुरमा ल्याउने क्रममा…