जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

झापा – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–९ खाते बस्ने २१ वर्षीय संजिव आचार्यलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । संजिवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।