काठमाडौं - अभिनेता राजेश हमाल नेपालका लागि बाघ संरक्षण दूत हुन् । बाघ संरक्षणप्रति चेतना फैलाउन तथा बाघ संरक्षणका लागि सर्वसाधारणलाई जिम्मेवार बनाउन नेपाल सरकार तथा डब्लूडब्लूएफले हमाललाई संरक्षण दूत घोषणा गरेको हो । संरक्षण दूतको जिम्मेवारी पाएपछि हमालले बाघ रहेको बर्दिया तथा चिवतन निकुञ्जको भ्रमण गरेका थिए भने स्कुले विद्यार्थीहरूलाई बाघका सम्बन्धमा प्रवचन दिएका…