काठमाण्डु- निजी क्षेत्रकै अग्रणी अस्पताल नर्भिक इन्टरनेशनल अस्पताल सोमबार वैशाख १ गतेदेखि ३२ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल तीन दशकभन्दा लामो अवधिमा मुलुकको सर्वश्रेष्ठ ‘मल्टी स्पेसियालिटी अस्पताल’ बन्न सफल भएको छ । स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको…