‘मि टु’ आरोप लगाएर मेरो रोजीरोटी खोसिदिए : अनु मलिक

एजेन्सी – यौन दुर्व्यवहारको आरोप लागेका भारतीय संगीतकार अनु मलिकले एक वर्षपछि मुख खोलेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोप झुटो भएको बताएका छन् । ‘मैले गर्दै नगरेको कामका लागि दोष पाएको एक वर्ष भइसक्यो’, उनले लेखेका छन्, ‘म सत्य आफै बाहिर आउनेको पर्खाइमा शान्त थिए…