काठमाडौं – नेपाल बिद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरण योजना तथा प्राबिधिक सेवा बिभाग अन्तरगतको बिस्तारित बिद्युत वितरण आयोजना र बितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो । कालिगण्डकी जलबिद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको ईटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ…