काठमाडौं— अर्थमन्त्री डा. युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमाभएको सो भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्ष एवं महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम…