फेरि घट्यो शेयर बजार

काठमाडौँ– आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलव ७६ विन्दुले घटेको छ…