काठमाडौं– सरकारले पेट्रोलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ घटाइएको नेपाल निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतका अनुसार अब पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार समायोजन गर्दा निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो।…