अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

काठमाण्डु-अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट छन् । एनबीसी वाशिङ्गटनका अनुसार बिहीबार बिहान भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खस्दा उनीहरूको डुबेर मृत्यु भएको हो । हिउँमा चिप्लिएर १० फिट जमेको पानीमा उनीहरू सवार कार खसेको…