मनिला - फिलिपिन्सको सुदूर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार भूकम्पका कारण अरु दर्जनौं घाइते भएका छन्। उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन्। बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिस घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ।…