अमेरिकी सेनाले खसाल्यो इरानको जासुसी ड्रोन

एजेन्सी - अमेरिकी सेनाले स्ट्रेट अफ हर्मेज भनिने सामुन्द्रिक मार्गमा इरानी जासुसी ड्रोन खसालेको दाबी गरेको छ । उक्त ड्रोन अमेरिकी पानीजहाजको ठीक माथि उडिरहेको थियो। इरानले भने उक्त घटनाबारे अनभिज्ञता जनाएको छ। उसले भनेको छ, हाम्रो कुनै ड्रोन हराएको जानकारीमा छैन। यसअघि इरानले तेल तस्करीमा संलग्न रहेको आशंकामा एक विदेशी ट्यांकर नियन्त्रणमा लिएको थियो।…