हङकङको चुनावमा आन्दोलनकारी पक्ष ‘प्रो डेमोक्रेशी’ को क्लिन स्वीप

 हङकङ– हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले जित हात पारेको छ । साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रका अनुसार सोमबार बिहानसम्मको मतगणनामा सरकारविरोधी उम्मेदवारले १८ मध्ये १७ जिल्लामा चुनाव जितेका छन् । २७८ सिटमा प्रजातन्त्र पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन् । सन् २०१५ को चुनावबाट बनेका जिल्ला परिषद चीनसमर्थित पार्टीको दबदबा थियो…