सिरियाली गुटा क्षेत्रबाट एक लाख सर्वसाधारण विस्थापित

दमास्कस– सिरियाली विपक्षी दलको प्रभाव रहेको पूर्वी गुटा क्षेत्रबाट एक लाखभन्दा बढी सर्वसाधारण द्वन्द्वको भुमरीबाट बच्नकै लागि विस्थापित हुनुपरेको सिरियाली राज्य सञ्चालित साना न्यूज एजेन्सीले जनाएको छ । विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारवाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको…