भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाण्डु- भारतले आइतबार ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको छ । गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीमा रहेको ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डोत्तलन गरेकी छिन् । लगत्तै परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गरिएको छ । दिवसका अवसरमा वितरण गर्न सरकारले…