काठमाण्डु – नयाँ सरकार गठन भएसंगै राजदूत नियुक्ती प्रक्रिया अन्यौलमा परेको छ । हाल विभिन्न ११ देशमा राजदूत पद रिक्त रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता नपाउँदा राजदूत नियुक्ती प्रक्रिया रोकिएको हो । जसबाट कूटनीतिक काम कारबाही प्रभावित बनेको गुनासो छ । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले राजनीतिक भागबन्डाका आधारमा…