काठमाण्डु - चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप दिने भएकाे छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको टेलिफोन संम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले थप २० लाख डोज कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएकाे छ । टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा…