काठमाण्डु – अमेरिकी दूतावासले बुधबारदेखि भिसा लगायतका सेवा बन्द गरेको छ । कोरोनाभाइरस संक्रमण र काठमाण्डु उपत्यकामा गरिएको निषेधाज्ञाको कारण सेवा बन्द गर्नुपरेको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ । भिसाका लागि लिइएका अपोइनमेन्ट पनि अहिलेलाई स्थगित भएको जनाएइएको छ । सबै सेवा निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने दूतावासले जनाएको छ । यस्तै दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाण्डु…