काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । नेपाल मामिलाका विज्ञसमेत रहेका रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटबारे सामाविक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले भारत–नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित…