उपराष्ट्रपति पुन र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी राजदूत डा.मजहर जावेदले शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूत जावेदले शिष्टाचार भेटवार्ता गरेका हुन् । उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो । भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको…