गोर्खा सैन्य भर्ती सम्बन्धी भएको त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं– बेलायत भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी टरिजा मेसंग भेटवार्ता गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय टेज डाउनिंग स्ट्रीटमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले गोर्खा सैन्य भर्ती सम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरावलोकन गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सन् १९४७ मा ब्रिटेन, भारत तथा…