काठमाडौं – दुई दिनअघि गत आईतबार नेपालस्थित अमेरिकी दूतावासको फेसबूक पेजमा एउटा भिडियो सन्देश राखिएको छ । जसमा भनिएको छ – अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालीसँग सोझै ‘गफगाफ’ गर्नेछन् ।कार्यक्रमको नाम ‘राजदूतसँग गफगाफ’ राखिएको छ । जुन कार्यक्रमलाई लिएर अहिले नेपाली राजनीति र कूटनीतिक क्षेत्र तरङ्गित बनेको छ । राजदूत बेरीमाथि राजनीतिक र प्रशासनिक नेतृत्व…